Welcome To Krishak Prerna Co-Operative Ltd


सहकारी सिद्धान्त अनुरुप सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक आवस्यकता पुर्तिका लागि आर्थिक तथा सामाजिक विकास सम्बन्धि कार्यक्रम संचालन गर्ने उद्देश्यका साथ साइनो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड २०६५ पौष ११ गते गठन भएको हो | संस्थाको लक्ष्य सदस्यहरुको गुणस्तरीय, आत्मसम्मानपूर्ण तथा सुरक्षित जीवनका लागि सधैं सहयोगी र भरपर्दो भइरहनु हो | संस्थाको कर्यक्षेत्र बाँके जिल्लाको नेपालगंज उमनपा, कोहलपुर न.पा., खजुरा, बैजनाथ, जानकी र डुडुवा गा.पा. हो | संस्थामा ४ हजार शेयर सदस्य रहेका छन् | संस्थाको शेयर पुँजी ८० लाख रहेको छ |

  • बचत भविष्यको सहारा हो |
    बचत आफ्नो आर्थिक तथा सामाजिक विकासको प्रयास हो |
    बचत आर्थिक विकासको बिज हो |
    बचत फजुल खर्चको कटौती तथा खेर गैरहेको स्रोत साधन र समयको उपयोग हो |
    बचत खुत्रुके जम्मा, नियमित र बैंक जम्मको थालनी हो |
    बचत व्यवसाय संचालन गरी आय आर्जन गर्ने पुँजीको स्रोत हो |

  • बचत नियमित खर्च तथा फजुल खर्च कम गरेर गर्न सकिन्छ |
    बचत आफ्नो तथा परिवारको भविष्य प्रति संवेदनशिल भएर गर्न सकिन्छ |
    बचत बानीमा सुधार गरेर तथा आम्दानी बढाएर गर्न सकिन्छ |
    बचत कुलत बानीहरु हटाएर र अनावश्यक सामाजिक खर्चहरु हटाएर गर्न सकिन्छ |
    बचत त्यागी, विश्वास, सद्भाव र एकताबद्ध भएर गर्न सकिन्छ |
    बचत जाँगरिलो, उधमशील र परिश्रमी भएर गर्न सकिन्छ |

  • बचत आपतकाल टार्न र आयमूलक व्यवसाय संचालन गर्न सकिन्छ |
    बचत आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न गरिन्छ |
    बचत सामाजिक, आर्थिक दायित्व बहन गर्न सजिलो पर्न गरिन्छ |
    बचत सम्पत्ति बढाउन तथा आत्मनिर्भर र स्वावलम्बी हुन गरिन्छ |
    बचत सामुहिक र साझेदारी भावनाको विकास गर्न गरिन्छ |

  • बचत हातमा सिप भएको तर पुँजीको अभाव भएको बेला काम लाग्छ |
    बचत अनिकाल तथा दैविक प्रकोपको समयमा काम लाग्छ |
    बचत साहुले नपत्त्याउने तथा चर्को ब्याजदरमा ऋण लिनुपर्ने अबस्थामा काम लाग्छ |
    बचत सामाजिक चाडपर्व र रितिरिवाजको लागि आवश्यकता परेमा काम लाग्छ |
    बचत ऋण लिनको लागि धितो राख्ने सम्पत्ति नभएको अवस्थामा काम लाग्छ |
    बचत अन्य आपतकालिन अवस्थामा काम लाग्छ |

  • प्रयोग गर्न जानेमा

    साधन हो: केही गर्न खोज्नेको लागि |
    उपाय हो: समस्या हाल गर्न चाहनेको लागि |
    माध्यम हो: जाँगर र मेहेनातिका लागि |
    डुंगा हो: खोला टार्न आट हुनेका लागि |
    बिउ हो: फलाउन कोसिस गर्नेका लागि |

    प्रयोग गर्न नजानेमा

    आगो हो: जल्न चाहनेका लागि |
    विष हो: मर्न चाहनेका लागि |
    पासो हो: आत्मा हत्या गर्नका लागि |
    ताल हो: डुब्न चाहनेका लागि |
    उल्टो काँडा हो: चिन्न नसक्नेका लागि |